२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

बादलको अभिव्यक्ति पार्टीको नीति र मान्यताविपरीत भन्दै विष्णु पौडेलले जनाए आपत्ति

१९ चैत, काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधि सभाको आजको बैठकमा दलका नेताको हैसियतले व्यक्त गरिएको रामबहादुर थापा बादलको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै थापाले व्यक्त गरेको धारणा पार्टीका स्थापित नीति र मान्यता विपरीत रहेको उल्लेख गर्नुभएको हो। उहाँले उक्त विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसबारे भोली बस्ने पार्टीको केन्द्रीय सचिवालय बैठकमा विस्तृत छलफल हुने बताउनुभएको छ ।

पौडेलले बैठकबाट आवश्यक र उपयुक्त निर्णय हुने अपेक्षा समेत व्यक्त गर्नुभएको छ ।

थापाले संसद बैठकमा जेनजी आन्दोलन, नेपाली सेना र सुशीला कार्की नेतृत्वको सरकारमाथि प्रश्न उठाउनुभएको थियो । ‘यो व्यवस्था ल्याउनमा मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल नेकपा एमाले आज सरकारको विपक्षी दल हो तर राज्यपक्षीय दल हो,’ उहाँले भन्नुभएको थियो, ‘नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायालय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि वैरभाव छैन। त्यसप्रति हाम्रो पार्टीको सम्मान र विश्वास रहिरहने छ ।’

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार २१:०२