१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

ओली र लेखक थप २ दिन हिरासतमा रहने

१९ चैत, काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि पुनः म्याद थप गरिएको छ।

काठमाडौँ जिल्ला अदालतले ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका क्रममा रहनुभएका ओली र  लेखकलाई दोस्रो पटक हिरासतमा राख्न अनुमति दिएको हो। अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १९ को उपदफा ९६० बमोजिम चैत १९ गतेबाट लागू हुने गरी दुई दिन म्याद थप गरेको आदेश दिएको छ।

आदेशमा उल्लेख भएअनुसार अनुसन्धानका क्रममा रमेश लेखकको बयान कार्य सम्पन्न भइसकेको छ भने ओलीको बयान कार्य भने जारी रहेको जनाइएको छ। यसैबीच, ओली अस्पतालमा उपचाररत रहेको र स्वास्थ्य अवस्था जटिल रहेको दाबी प्रतिवादी पक्षले गरे पनि अदालतले बयान कार्य सम्पन्न भएपछि उपचारमा असर नपर्ने गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएको छ।

अदालतले अनुसन्धान कार्य प्रभावकारी बनाउन आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने भन्दै हिरासतमा राखी थप अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार २०:०१