२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

४० लाख कित्ता आइपीओ निष्काशन गर्दै हिलोरा हिल्स रिसोर्ट

१९ चैत, काठमाडौँ। हिलोरा हिल्स रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले रु.१०० अंकित दरका ४० लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ, जसबाट जम्मा रु. ४० करोड उठाउने लक्ष्य राखिएको छ।

 

यस सेयर निष्काशनको व्यवस्थापनका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ। हिलोरा हिल्सका संचालक दीप विक्रम विष्ट र लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीच चैत्र १९ गते नयाँ बानेश्वर, काठमाडौंमा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएकाे छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १८:०८