सभामुखमा डीपी अर्याललाई अघि सार्ने रास्वपाको निर्णय
१९ चैत, काठमाडौं । रास्वपाले सभामुखका लागि पार्टी उपसभापति डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले सभामुखमा अर्यालको नाम प्रस्ताव गर्नुभएकाे हाे ।
सभापति लामिछानेले सभामुखमा अर्यालको नाम प्रस्ताव गरेपछि बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो ।
प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १७:४९













