राष्ट्रियसभाको उपाध्यक्ष चयन गर्न चैत २३ गते निर्वाचन
१९चैत, काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि चैत २३ गते निर्वाचन हुने भएको छ। बिहीबारको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षको निर्वाचनका लागि मिति तोक्नुभएको हो ।
राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचन तय गरेको उहाँले बताउनुभयो । उपाध्यक्ष चयनका लगि २२ गते आइतबार मनोनयन दर्ताको कार्यक्रम छ। दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्ममा मनोनयन दर्ताको कार्यक्रम राखिएको छ।
प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १७:४५













