१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

नेप्सेमा १२ अर्ब ५९ करोड बराबरको बोनस सेयर सूचिकृत

१९ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १२ अर्ब बढीको बोनस सेयर  सूचिकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२र८३ को फागुनसम्मको तथ्यांक अनुसार नेप्सेमा १२ अर्ब ५९ करोड बराबरको बोनस सेयर सूचिकृत भएको हो ।

सो अवधिमा नेप्सेमा ३६ अर्ब ३८ करोड बराबरको साधारण सेयर, ९ अर्ब ६४ करोड बराबरको हकप्रद सेयर,  ७ अर्ब ५० करोड बराबरको म्युचुअल फन्ड,३ अर्ब ४० करोड बराबरको डिबेन्चर, ९२ करोड ५० लाख बराबरको एफपीओ र २ करोड २९ लाख बराबरको अन्य गरी कुल रु।७० अर्ब ४६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १७:१०