२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

५ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

१९ चैत, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । बिहीबार नेप्से ५.८२ अंकले बढेर २७८२.१८ को विन्दुमा कायम भएको हो ।

आज ३२८ कम्पनीको २ करोड १३ लाख १८ हजार ९२९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ८१ करोड ९७ लाख २३ हजार रुपैयाँको कारोबार भएको छ ।  आज ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन सुपर खुदी हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स,  रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो र भुजुङ् हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको हो ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १५:१३