हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौंः रवि लामिछाने
१९ चैत, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई जनताले सिंहदरबार चलाउन मात्रै नभइ बदल्ने जिम्मेवारी दिएको बताउतनुभएको छ । प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले आफूहरूले सिंहदरबार बदल्न सुरु गरिसकेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो , ‘हामीलाई सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न दिएको हो । हामीले बदल्न सुरु गरिसकेका छौं ।’ साथै, आफ्नो पार्टीले पाएको मतादेशको गुन जिम्मेवारी पूरा गरेर तिर्ने बताउनुभएको छ । ‘हामीले पाएको मत समर्थनको मात्रै होइन, परिवर्तनको मत हो। उहाँले भन्नुभयो, यो मतादेशको गुन हामी जिम्मेवारी पूरा गरेर तिर्छौं।’
प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १५:०१













