२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

कांग्रेस, एमाले र नेकपा सरकारमा हुँदा सत्ता चलाउने साझा विचौलिया दीपक भट्ट पक्राउ

१९ चैत,  काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ।  भट्ट नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको सरकारको सत्ता चलाउनेमा साझा विचाैलियाका रूपमा सक्रिय हुनुहुन्थ्यो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो भट्टलाई केहीबेरअघि पक्राउ गरेको हो ।

सीआईबी प्रमुख एआईजी डा. मनोज केसीले भट्ट पक्राउ परेको पुष्टि गर्नुभएको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान जारी राखेको छ । विभागको पत्राचार पछि प्रहरीले भट्टलाई पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरण विभागले भट्टको पासपोर्ट केही दिनअघि मात्र रोक्का गरेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १४:५५