२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

अर्थमन्त्री वाग्लेले धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीसँग गरे छलफल

१९ चैत, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीसँग छलफल गर्नुभएको छ । नयाँ सरकार गठन भएसँगै सेयर बजार लगातार घटिरहेको छ । सोही कारण अर्थमन्त्री वाग्लेले पुँजी बजार सुधार र विकासका लागि पदाधिकारीसँग छलफल गर्नुभएको जनाइएको छ ।

बिहीबार बिहान अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले पुँजी बजार सुधार र विकासका लागि सरकार सकारात्मक भएर सहयोग गर्न तयार रहेको बताउनुभएको छ । उक्त छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, राजस्व सचिव भूपाल बराल, धितोपत्र बोर्ड अध्यक्ष सन्तोनारायण श्रेष्ठ, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँ र अन्य सरोकारवाला पक्ष समेत सहभागी रहनुभएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १३:५९