२४ चैत्र २०८२, मंगलवार | Tue Apr 7 2026

संसद्‍मा १ घण्टा ७ मिनेट बोल्न मन छः हर्क साम्पाङ

१९ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा १ घण्टा ७ मिनेट बोल्न मन रहेको बताउनुभएकाे छ । आजबाट प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ । अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्दै हुनुहुन्छ ।

‘७ मिनेट मात्रै बोल्न दिने भन्ने खबर आयो । ७ मिनेट होइन १ घण्टा ७ मिनेट बोल्न मन छ’ साम्पाङले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘देशको स्वाधीनता, सम्प्रभुता अनि नेपाली जनताको पीर व्यथा र विकासको आकांक्षालाई लिएर ।’

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार ११:२५