सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
१९ चैत, काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। यस दिन सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार ११:०५













