प्रि ओपन सेसनमा साढे ५ अंकले घट्यो नेप्से
१९ चैत, काठमाडौं । साताको अन्तिम कारोबारकाे दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ५.५४ अंकले घटेर २७७०.८१ विन्दुमा झरेको छ।
बिहीबार प्रि ओपन सेसनमा ४७ स्टकको ९० पटकको कारोबारमा २७ लाख १४ हजार ५०९ रुपैयाँ ४० पैसाबराबरको ३ हजार ६७४ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : April 2, 2026 at 10:58 am









