२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

एक इन्स्योरेन्सको बोनस सेयर हितग्राही खातामा जम्मा

१९ चैत, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर हितग्राही खातामा जम्मा गरिएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ४ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरूको खातामा जम्मा गरेको हो ।

कम्पनीले बुक क्लोज गरेको मिति पुस २१ गतेभन्दा अघिल्लो दिनसम्म कारोबार भई लिखतमा रहेको सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा गरिएको कम्पनीले जनाएको छ। साथै पुस २० गतेसम्म सेयर धितो राखेर ऋण लिएका सेयरधनीको हकमा बोनस सेयर ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाइएकोले ऋण चुक्ता भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी बोनस सेयर फुकुवा गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार ०९:५३