२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

५ कम्पनीले आइपीओ निष्कासन गर्ने, कुनले कति ?

१९ चैत, काठमाडौं। पाँच कम्पनीले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड ९सेबोन०सँग अनुमति मागेको छ । बुढानिलकण्ठ हेरिटेज लिमिटेड, सभापोखरी हाइड्रोपावर लिमिटेड, नेशनल वायोटेक लिमिटेड, इष्टर्न साहारा कम्पनी लिमिटेड र पशुपति रिन्यूएबल्सले आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो ।

बुढानिलकण्ठ हेरिटेज लिमिटेडले १०० रुपैयाँ अंकित मूल्यमा ४९ करोड ५० लाख रुपैयाँ बराबरको ४९ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति माग्दै गत चैत १६ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

सभापोखरी हाइड्रोपावर लिमिटेडले पनि १०० रुपैयाँ अंकित मूल्यमा १० करोड ७५ लाख रुपैयाँ बराबरको १० लाख ७५ हजार कित्ता आइपीओ निष्कासनको अनुमति मागेको हो । कम्पनीले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

नेशनल वायोटेक लिमिटेडले पनि अंकित मूल्य १०० रुपैयाँ दरमै १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको छ । कम्पनीले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

इष्टर्न साहारा कम्पनी लिमिटेडले अंकित मूल्य १०० रुपैयाँ दरकै २७ करोड ५० लाख रुपैयाँ बराबरको २७ लाख ५० हजार कित्ता आइपीओ निष्कासनको अनुमति मागेको छ ।कम्पनीले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

पशुपति रिन्यूएबल्सले पनि १०० रुपैयाँ अंकित मूल्यमै १४ करोड ४० लाख रुपैयाँ बराबरको १४ लाख ४० हजार कित्ता आइपीओ निष्कासनको अनुमति मागेको हो । कम्पनीले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार ०९:१९