एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी बादललाई
१८ चैत , काठमाडौं । नेकपा एमालेको कर्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’ लाई दिइएको छ । आज च्यासलमा पार्टी पदाधिकारीसहित संसदीय दलको संयुक्त बैठकमा अध्यक्ष ओलीबाट बादललाई जिम्मेवारी तोकेको जानकारी गराइएको सांसद ऐन महरले जानकारी दिनुभयो ।
ओली हिरासतमुक्त नभएसम्मका लागि बादल कार्यवाहक रहने उहाँले बताउनुभयो ।
प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १८:१२













