५ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
१८ चैत, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बुधबार नेप्से ७४.७३ अंले घटेर २७७६.३६ को बिन्दुमा बन्द भएको छ । यस दिन १३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने २५५ कम्पनीको मूल्य घटेको छ ।
आज ३४७ कम्पनीको ३ करोड २ लाख ९२ हजार कित्ता सेयर किनबेच हुँदा १२ अर्ब १० करोड ९५ लाख रुपैयाँको कारोबार भएको हो । यस दिन ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १५:११













