१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

एमाले संसदीय दलको बैठक जारी

१८ चैत, काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक सुरू भएको छ ।  पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा बैठक जारी रहेकाे हाे ।

बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुङ्गो लगाउने बताइएको छ । त्यसैगरी बैठकमा संसदमा पार्टीले खेल्ने भुमिकाको विषयमा पनि छलफल हुनेछ । संघीय संसद बैठक भोली बिहीबार अपरान्ह २ बजेका लागि आह्वान गरिएको छ । एमालेले सोही बैठकको अघिल्लो दिन पार्टी संसदीय दलको नेता चयन गर्न लागेको हो ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १२:२१