२२ चैत्र २०८२, आईतवार | Sun Apr 5 2026

सुनको मूल्य तोलामै ७४ सयले बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

१८ चैत, काठमाडौं । स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन आज एकैदिन तोलामा ७ हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ ।

अघिल्लो कारोबारको दिन सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ थियो । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँ बढेर प्रतितोला ४ हजार ९४५ रुपैयाँ कायम भएको छ । महासंघका अनुसार अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ८४५ रुपैयाँ थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार ११:०३