डिप्रोक्स लघुवित्तको ३० हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?
चैत्त, काठमाडौं। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक सेयरधनी महिला आदर्श सेवा केन्द्रको नाममा रहेको कुल ३० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालय सितापाईला, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधिभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार उक्त सेयर जो कोही व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने जनाएको छ ।
प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार ०९:५७













