साहस ऊर्जालाई हकप्रद निष्काशन गर्न आयोगको स्वीकृति
१८ चैत, काठमाडौं । साहस ऊर्जा लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ।
कम्पनीले चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँको १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन पूर्व स्वीकृतिका लागि चैत ९ गते निवेदन दिएको थियो। चैत १२ गते बसेको आयोगको बैठकले हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिने निर्णय गरेको हो।
कम्पनीले अब अन्तिम स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डबामा निवेदन पेश गर्नेछ। धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेपछि कम्पनीले हकप्रद सेयर निष्काशन गर्नेछ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार ०९:३९













