आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ९४ हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने
१८ चैत, काठमाडौं। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आफ्नो नाममा रहेको ९४ हजार ७९७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य २४० रुपैयाँ तोकिएको छ ।
सेयर खरिद गर्न चाहाने जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले सो वा सो भन्दा बढी मूल्य राखेर बोलपत्र पेश गर्न सक्नेछन् । इच्छुक आवेदकहरुले रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल, बालुवाटार काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।
प्रकाशित मिति : 09:10









