१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

सोपान फर्माको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

१७ चैत, काठमाडौं । सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेकालाई निष्कासन गरेको आईपीओ मंगलबार बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बाँडफाँड गरेको हो ।

कम्पनीले अंकित मूल्य १ सयका दरले वैदेशिक रोजगारमा रहेका नागरिकलाई ४ लाख २९ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा ८२ हजार ९५१ जनाले आवेदन दिएका छन् । आईपीओमा ४२ हजार ९०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार १७:२७