एमालेले बोलायो संसदीय दलको बैठक
१७ चैत, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बोलाएको छ । आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाउने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिनुभयो

त्यस्तै आजको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा अन्य पार्टीसँग पनि छलफल गर्ने निर्णय गरेको छ । अन्य पार्टीसँग छलफल र सहकार्य गर्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्याललाई दिइएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार १६:४६













