नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत
१७ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा समता घरेलु लघुवित्त र अरुण भ्याली हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा समता घरेलु लघुवित्तको ५ प्रतिशत बोनस बापतको ३ लाख १४ हजार ५२५.७८२३ कित्ता र अरुण भ्याली हाइड्रोपावरको ५ प्रतिशत बोनस बापतको १९ लाख २४ हजार ००१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार १६:१७













