१८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026

ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने, वैशाख १२ गते काठमाडौँमा प्रदर्शन

१७ चैत, काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ ।मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २५ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन आयोजना गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला गर्ने। चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन,वैशाख ३ गते वडा तहमा भेला, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने र वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने महासचिव पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार १६:००