एमाले सचिवालय बैठक जारी
१७ चैत, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । मंगलबार बिहान ११ बजेको लागि बोलाइएको बैठक करिब एक घण्टा ढिलो पार्टी कार्यालयमा सुरू भएको हो ।

बैठक अध्यक्ष केपी शर्मा ओली पक्राउ पछिका पार्टीका रणनीति र समसामयिक राजनीतिमा छलफल केन्द्रित रहने बताइएको छ । संसदीय दलको नेता चयनको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार १२:२०













