जागिरको खोजीमा हुनुहुन्छ ? जनउत्थान सामुदायिक लघुवित्तले माग्यो कर्मचारी
१७ चैत, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले कनिष्ठ अधिकृत पदमा २ जना, वरिष्ठ सहायक पदमा ४ जना, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायकमा केही संख्याले कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि एसएलसी देखि स्नाकोत्तर तहसम्मको शैक्षिक योग्यता आवश्यक रहेको छ । इच्छुक उम्मेद्वारले आवश्यक कागजात संकलन गरी संस्थाको आधिकारीक वेबसाइट मार्फत आवेदन दिन सकिने जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार ११:३०














