२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

सुनको मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ कारोबार ?

१७ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ६ हजार ७०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदी  १४५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार ११:०४