१८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026

देउवाको नाममा पूर्णबहादुरले नेतृत्व गर्ने कांग्रेसको केन्द्रीय समिति बैठक आज

१७ चैत, काठमाडाैँ । शेरबहादुर देउवाको नाममा पूर्णबहादुर खड्काले नेतृत्व गर्ने तयारी गरेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अाज बस्दैछ । खड्काको आह्वानमा धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा बिहान ११ बजे बैठक बस्न तयारी भएको छ ।

विशेष महाधिवेशनबाट कांग्रेसको सभापति गगनकुमार थापा र नयाँ कार्यसमिति निर्वाचित भएर चुनावमा टिकट समेत बाँडेको परिस्थितिमा खड्काले भने १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक डाक्नुभएको छ । योसँगै कांग्रेस विभाजनको बाटोमा अघि बढेको छ । खड्काले बिहीबार जिल्ला सभापतिहरुको भेला समेत बोलाउनुभएको छ । छुट्टै महाधिवेशन नै गरेर पार्टीको सभापति बन्ने बाटोमा खड्का अघि बढेको देखिन्छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार ०७:५५