१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

एमाले अध्यक्ष ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

१६ चैत, काठमाडौँ । सर्वोच्च अदालतले ज्यान मुद्दामा अनुसन्धानका लागि पक्राउ पर्नुभएका नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासले ओलीलाई पक्राउ गर्नुको कारण लिखित रुपमा पेस गर्न आदेश दिएको हाे ।

शनिबार बिहान प्रहरीले ज्यान मुद्दामा अनुसन्धानका लागि भन्दै पक्राउ परेपछि ओलीका हकमा श्रीमती राधिका शाक्यले आइतबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराउनुभएको थियो । एमाले अध्यक्ष ओलीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई, राधेश्याम अधिकारी, विजयप्रसाद मिश्रलगायतले बहस गर्नुभएको थियो । आइतबार जिल्ला अदालत काठमाडौँले ओली र लेखक दुबैलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्ने अनुमति दिएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार १६:१७