ज्यान मुद्दामा पक्राउ परेका रमेश लेखकलाई हिरासतमुक्त गर्न सर्वोच्चद्धारा अस्वीकार
१६ चैत, काठमाडौं । सर्वोच्च अदातलले ज्यान मुद्दामा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वगहृमन्त्री रमेश लेखकलाई हिरासतमुक्त गर्न अस्वीकागर गरेको छ । यद्यपी सर्वोच्चले लेखकलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । लेखककी पत्नी यशोदा लेखकले आइतबार पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दिनुभएको थियो ।
प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार १६:०८













