२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन भङ्ग

१५ चैत, काठमाडौँ । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ चैत्र १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची अन्तर्गत प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता विषयक निर्णयलाई स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी युनियन भङ्ग गरिएको छ।

युनियन मिति २०८२ चैत्र १५ गतेदेखि भङ्ग भएको हो । राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी युनियनका अध्यक्ष राजु ओलियाले यस सम्बन्धमा सबैलाई जानकारी गराउन अनुरोध गर्नुभएको छ ।

उक्त युनियनले शासकीय सुधारका कार्यसूचीप्रति समर्थन जनाउँदै भङ्गको घोषणा गरेको हो । यो नेपाली कांग्रेस निकटको संगठन हो । नरेन्द्र ढकाल नेतृत्वको एमाले निकटको कर्मचारी संगठन भने क्रियाशिल नै रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार १८:५३