१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

१५ चैत, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठले दुबै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिनुभएको हो । चैत १४ शनिबार पक्राउ परेका दुबैलाई आइतबार अदालतमा उपस्थित गराएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार १७:५२