१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा, यस्तो छ अस्पतालको विज्ञप्ति

१५ चैत, काठमाडौँ । हृदयको धडकन असामान्य भएको समस्याका साथ हिजो शनिबार अस्पताल भर्ना हुनुभएका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा हुनुहुन्छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अध्यक्ष ओलीको स्वास्थ्यस्थितिबारे  केहीबेरअघि एक विज्ञप्ति जारी गर्दै उहाँ चिकित्सकको अवलोकन एवं निगरानीमा रहनुभएको जनाएको छ । “हाम्रो चिकित्सक टोलीद्वारा उपचार व्यवस्थापन भइरहेको छ”, अस्पतालले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार १६:१९