जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तबीच मर्जर सम्झौता
१५ चैत, काठमाडाैं । जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्त एक–आपसमा गाभिने भएका छन् । मोरङ्ग जिल्ला कटारी गाउँपालिका वडा नं. २ मा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त र बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. ११ कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्तबीच एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा चैत १४ गते समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार ११:४४














