१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

कतिमा भयो सूर्यकुण्ड हाइड्रो र रिज लाइन इनर्जीको पहिलो कारोबार ?

१५ चैत, काठमाडाैं। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र रिज लाइन इनर्जीको सेयर पहिलो कारोबार भएको छ। यस दिन स्पेशल प्रि ओसन सेसनमा  सूर्यकुण्डको सेयर प्रतिकित्ता २८४ रुपैयाँ ३० पैसामा र रिज लाइनको ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो।

गत चैत १२ गते सूर्यकुण्डको सेयर नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीको सर्वसाधारण तर्फ १३ लाख ७९ हजार ३५० कित्ता र संस्थापक तर्फ ५५ लाख १७ हजार ३९४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको पहिलो सेयर कारोबारका लागि नेप्सेले प्रतिकित्ता न्यूनतम ९४ रुपैयाँ ७७ पैसा रुपैयाँदेखि अधिकतम २८४ रुपैयाँ ३१ पैसासम्मको मूल्य रेञ्ज तोकेको थियो।

त्यस्तै, गत चैत १२ गते स्पेशल प्रि ओपन सेसनमा प्राविधिक समस्याका कारण ३० रुपैयाँमा पहिलो कारोबार भएको रिज लाइनको सेयर यस दिन ३०० रुपैयाँमा कारोबार भएको हो।

प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार ११:०३