प्रधानमन्त्री र मन्त्रीहरूको पनि मापसे चेक गराैँः हर्क साम्पाङ
१५ चैत, काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरूको पनि मादक पदार्थ सेवन (मापसे) चेक गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य समेत रहनुभएको उहाँले आइतबार बिहान फेसबुकमा टिप्पणी गर्दै उहाँले सांसदहरूको पनि मापसे र लागूपदार्थ सेवन (लापसे) चेक गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘प्रधानमन्त्री लगायत सरकारमा बसेका सबै मन्त्रीहरुको मापसे (मादक पदार्थ सेवन ) र लापसे (लागूपदार्थ सेवन) चेक जाँच दैनिक गरिनु पर्दछ ! साम्सदहरुको पनि गर्नु पर्छ ! देशको स्वास्थको लागि यो अनिवार्य छ !’
प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार ०८:३५













