केपी ओली र रमेश लेखक पक्राउपछि गृहमन्त्रीः अब देशले नयाँ दिशा लिनेछ
१४ चैत, काठमाडाैँ । गृहमन्त्री सुदन गुरूङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ज्यान मुद्दामा पक्राउ गरिएपछि अब देशले नयाँ दिशा लिने बताउनुभएको छ । फेसबुकमा टिप्पणी राख्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार ०६:४४













