१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

१३ चैत, काठमाडौं ।सरकारले भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।

बालेन शाह प्रधानमन्त्री बनेपछि आज पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको थियो। उक्त बैठकका निर्णय सुनाउँदै सरकार प्रवक्ता सस्मित पोखरेलले कार्की आयोगले नेपाल सरकारसमक्ष पेस गरेका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको बताउनुभयाे ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १७:२१