१३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

१३ चैत, काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ लिनुभएकाे छ । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनुभएकाे हाे ।

आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिनुभएकाे थियाे । प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हाल्नुभएकाे छ ।

मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहनुभएका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाउनुभएकाे छ । तेस्रो वरियतामा रहनुभएका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाउनुभएकाे छ । त्यस्तै, शिशिर खनालले परराष्ट्र मन्त्रालय, सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय, विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, खड्कराज पौडेल (गनेश) ले पर्यटनमन्त्रीको जिम्मेवारी पाउनुभएकाे छ ।

साथै, सस्मित पोखरेललाई शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । भने निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नुभएकाे छ । विक्रम तिमिल्सिना सञ्चारमन्त्री, प्रतिभा रावल सामान्य प्रशासन मन्त्री, दीपक साह (महोत्तरी)ले श्रम मन्त्रीको र सोविता गौतमले कानुन मन्त्रालय, जिम्मेवारी पाउनुभएकाे छ । सीता वादी महिला, बालबालिका मन्त्री बन्नुभएकाे छ ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १२:५६