१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

सुनको मूल्यमा गिरावट कायमै, कतिमा हुँदैछ कारोबार ?

१३ चैत, काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा ४ हजार ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २ लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

 बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ४ हजार ८ सय २० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला ४ हजार ६ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ५० रूपैयाँ घटेको हो।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १०:५८