सुदन गुरुङ गृहमन्त्री बन्ने पक्का
१३ चैत, काठमाडौँ । गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङ गृहमन्त्री बन्न पक्का भएको छ । गुरुङले शुक्रबार गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिन लाग्नुभएको रास्वपा स्रोतले जनाएको छ ।
गृहमा रास्वपाका तीन नेताको दाबी रहेको थियो। उपसभापति डिपी अर्याल, सुनील लम्साल र सुदनले यसमा दाबी गरेपनि गुरुङलाई गृह मन्चालयको जिम्मेवारी दिने पक्का भएको हो ।
प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १०:२८














