स्वर्णिम वाग्ले अर्थमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री बन्ने
१३ चैत, काठमाडौं । रास्वपाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरुको नाम टुंगो लगाउन थालेको छ । रास्वपाले अर्थमन्त्रीमा डा। स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्रीमा शिशिर खनाललाइ नियुक्त गर्ने निश्चित भएको छ ।
यसैगरी, कानुन मन्त्रीमा सोविता गौतमको नाम निश्चित भएको छ । आज दिउँसो साढे १२ बजे बालेनले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैहुनुहुन्छ । बालेनले प्रधानमन्त्री शपथ लिएपछि मन्त्रीहरुको पनि शपथ ग्रहण हुने छ ।
प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार ०९:५९














