१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

सूर्य थापाको समीक्षाः “राँगा काट्न, पैसा बाँड्न आएन, चुनाव जित्न सकिएन”

१२ चैत, काठमाडौँ । प्यूठानबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार तथा केन्द्रीय सदस्य सूर्य थापाले चुनावी पराजयपछि आत्मालोचनासहित कटु टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै थापाले चुनाव जित्नका लागि आवश्यक ठानिएका ‘अनुचित अभ्यास’ आफूले नगरेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “राँगा काट्न, पैसा बाँड्न, मान्छे किन्न, गाँजामा लठ्ठ पार्नरघृणा फैलाउन आएन। आफ्नैको घात ज्ञात भएन । र, चुनाव जित्न सकिएन ।”

जिल्लास्तरीय पार्टी समीक्षा बैठकपछि उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थापा यसपटक भने तेस्रो स्थानमा सीमित भएका छन्।

प्यूठानमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नेता सुशान्त बैदिक विजयी भएका छन्। नयाँ राजनीतिक शक्तिको उदयसँगै पुराना दलका प्रभावशाली नेताहरूलाई चुनौती बढ्दै गएको संकेत यस परिणामले गरेको विश्लेषण गरिएको छ।

थापाको टिप्पणीले चुनावी प्रक्रियामा देखिने विकृत अभ्यासप्रति प्रश्न उठाउँदै स्वच्छ प्रतिस्पर्धाको बहसलाई पुनः सतहमा ल्याएको छ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार २१:१०