कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न बारले बनायो समिति
१२ चैत, काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनप्रति असहमति जनाएको छ ।
आज बसेको बारको आकस्मिक बैठकले गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ। एसोसिएसनले अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रको अध्यक्षतामा समिति गठन गरेको हो।
समितिमा वरिष्ठ अधिवक्ता सुजन लोप्चन, टीकाराम भट्टराई र डा. दिनमणि पोखरेल सदस्य तथा महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला सदस्य सचिव रहनुभएकाे छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार १७:५२














