१५ चैत्र २०८२, आईतवार | Mon Mar 30 2026

रास्वपा संसदीय दलको नेतामा बालेन्द्र शाह चयन

१२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन हुनुभएको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले उहाँलाई संसदीय दलको नेता चयन गरेको हो ।

बैठकमा सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता शाहलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको थियो । बालेन झापा ५ बाट निर्वाचित हुनुभएको हो ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार १७:०३