नेप्से बढ्यो, १३ अर्ब १६ करोडको कारोबार
१२ चैत, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से १४.२१ अंकले बढेर २९५०.१६ को बिन्दुमा कायम भएको छ । बिहीबार ३४३ कम्पनीको ३ करोड ४ लाख ३८ हजार ३१५ कित्तासेयर किनबेच हुँदा १३ अर्ब १६ करोड २२ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ ।
आज १७८ वटा कम्पनीहरुको सेयर मूल्य बढेको छ भने ८० वटाको मूल्यमा गिरावट आएको छ । ८ कम्पनीको मूल्य भने स्थिर रहेको छ । आज एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ९४ करोड २४ लाख ८० हजार रुपैँया बराबरको कारोबार भएको छ ।
आज ५ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन सुपर खुदी हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन र र भुजुङ् हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ७.४८ प्रतिशत घटेको छ।
प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार १५:२६














