१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१२ चैत, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से १४.२१ अंकले बढेर २९५०.१६ को बिन्दुमा कायम भएको छ । बिहीबार ३४३ कम्पनीको ३ करोड ४ लाख ३८ हजार ३१५ कित्तासेयर किनबेच हुँदा १३ अर्ब १६ करोड २२ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १७८ वटा कम्पनीहरुको सेयर मूल्य बढेको छ भने ८० वटाको मूल्यमा गिरावट आएको छ । ८ कम्पनीको मूल्य भने स्थिर रहेको छ । आज एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ९४ करोड २४ लाख ८० हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, एसवाइ प्यानल नेपालको ७१ करोड ९२ लाख ५० हजार रुपैयाँ, नेशनल हाइड्रोपावरको ४६ करोड ३२ लाख ८२ हजार रुपैँया, रिडी पावर कम्पनीको ४५ करोड ७ लाख ४५ हजार रुपैँया र ङादी ग्रुप पावरको ४१ करोड २४ लाख १४ हजारको कारोबार भएको हो ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार १५:१७