१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

किन भयो रिज लाइन इनर्जी ३० रुपैयाँमा कारोबार ?

१२ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रिज लाइन इनर्जी लिमिटेडको पहिलो कारोबारमा गम्भीर प्राविधिक त्रुटि देखिएको छ। बिहीबारदेखि कारोबार सुरु भएको कम्पनीको सेयर स्पेसल प्रि-ओपन सेसनमा प्रतिकित्ता मात्र ३० रुपैयाँमा कारोबार भएसँगै दोस्रो बजारमा हलचल मच्चिएको हो।

यस कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको थियो। तर, बिहीबार बिहानको स्पेसल प्रि(ओपन सेसनमा ३० रुपैयाँमा कम्पनीको पहिलो कारोबार भएको देखिन्छ ।  नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले यो एक प्राविधिक गडबडी भएको बताउनुभएको छ ।

प्रकाशित मिति : March 26, 2026 at 12:39 pm